
अत्तरिया : कैलालीको धनगढीमा आज म.गलबारबाट सूचना प्रविधि प्रदर्शन क्यान इन्फोटेक २०७९ को आयोजना हुँदै छ । कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा आजबाट २० गतेसम्म सूचना प्रविधि प्रदर्शनी हुँदै छ । धनगढी स्थित सोराइ ब्यांक्वेटमा प्रदर्शनीको तयारी पुरा भएको छ ।
प्रदर्शनीको प्रदेश प्रमुख देवराज जोशीले उद्घाट गर्ने कार्यक्रम रहेको अध्यक्ष यज्ञराज ओझाले जानकारी दिए । मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नवीनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिइने तयारी छ ।
