Agni Offset Press

सुदूरपश्चिम प्रदेश प्रमुख जोशीद्वारा सूचना प्रविधि मेलाको उद्घाटन

Aarati simant

धनगढी,१६ फागुन : धनगढीमा सुरु भएको सूचना प्रविधि मेलाको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् ।
कम्प्युटर एशोशियसन नेपाल क्यान कैलालीको आयोजनामा सुरु भएको मेलाकोको मङ्गलवार एक कार्यक्रमका बिच प्रदेश प्रमुख जोशीले उद्घाटन गरेका हुन् । २० गतेसम्म सूचना प्रविधि मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नवीनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिइने जनाइएको छ। सूचना प्रविधि प्रदर्शनमा ७० वटा स्टलहरू रहेका छन् ।
सुदूरपश्चिमका नौ वटै जिल्लालाई समेटेर ८० हजारदेखि १ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य क्यानले गरेको छ । सूचना प्रविधि मेलाको मुख्य प्रायोजकमा नेपाल दूर सञ्चार प्राधिकरण र एशोसियटमा नेपाल टेलिकम रहेका छन् ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.