दर्ता नगरी व्यावसाय गर्नेलाई गोदावरी नगरपालिकाले कारवाही गर्ने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले व्यावसायीक फर्म दर्ता नगरी कारोवार गर्नेलाई कारवाही गर्ने भएको छ । नगरपालिकाले आज मंगलबार एक सूचना जारी गर्दै व्यावसाय दर्ता तथा नविकरण नगर्नेलाई नियमानुसार कारवाही गर्ने जनाएको हो । नगरपालिकाकाले व्यावसाय गर्न खोज्नेले वडा कार्यालयमा गएर फर्म दर्ता गर्न पनि आग्रह गरेको छ ।
स्थानीय निकाय (वडा कार्यालय) फर्म दर्ता नगरी संचालन गरेको र पसलको नाम नै नराखी व्यवसाय संचालन गरिरहेको पाइएकोले आ–आफ्नो व्यावसाय संचालन भइरहेको वडा कार्यालयमा गएर समयमा नै व्यावसाय दर्ता तथा नविकरण गराउँन सबैलाई जानकारी गराइन्छ’ प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीद्वारा जारी सूचनामा भनिएको छ ।
सूचनामा नगरपालिका भित्र केही व्यवसायीहरुले आफ्नो व्यवसायको फर्मको उद्देश्य अनुसार व्यवसाय नगरेको पाइएकाले उद्देश्य अनुसार कारोबार गर्न आग्रह गरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.