जग्गा नापीको काम ढिलाई भएको छ, कन्सल्टेन्सी हायर गर्ने विषयमा छलफल भएको छ : मेयर भट्ट

अत्तरिया : गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले जग्गा नापीको काम तिब्र रुपमा हुन नसकेको बताएका छन् । उनले अहिलेकै गतिमा जग्गा नापीको कार्य भएमा अगाडी पाँच बर्षमा पनि नसकिने बताएका छन ।
मंगलबार गोदावरी नगरपालिका – ४ हाटखोलीमा रहेको दुर्गा माध्यमिक विद्यालयको २५ औं बार्षिकोत्सव समारोहमा मेयर भट्टले यस्तो बताएका हुन्। उनले अहिलेको गतिमा काम गर्दा निकै ढिलो हुने देखिएकाले कन्सल्टेन्सी हायर गरेर १२ वटै वडामा भएको जमिनलाई एक डेढ बर्षमै नाप्ने बिषयमा छलफल अगाडी बढाएको बताए ।
उनले गोदावरीका १२ वटै वडामा अव्यवस्थित बसोबासीका रुपमा रहेकाहरुलाई व्यवस्थित गरी लालपुर्जा दिने काम अगाडी बढेको बताए ।
‘लालपुर्जा वितरणका लागि हामीले १० जना करारमा अमिन भर्ना गयौ । हामीले छिटो भन्दा छिटो लालपुर्जा हातमा दिने उद्देश्यका साथ यो कामलाई आगाडी बढाएका थियौ’ उनले भने ‘अहिले आएर जुन किसिमले काम अगाडी बढेको छ यसरी काम गर्दा ५ बर्षमा नापीको काम पनि सकिन्छ कि सकिदैन् भनेर अन्योलता छाएको छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.