अत्तरिया, २४ फागुन :धनगढीमा कक्षा १२ मा अध्ययरत विद्यार्थीले कार बनाएका छन् । यहाँको सुदूरपश्चिम एकेडेमिए (एसपीए) अध्ययनरत विद्यार्थी सागर खनालले कार बनाएको हो । कारको नाम एसपीए ईभि मोडल कार दिएको छ । कारलाई बुधबार धनगढीमा एक कार्यक्रमबीच सार्वजनिक गरीएको हो ।
खनाल विज्ञान संकायमा अध्ययनत विद्यार्थी हुन । क्याम्पसको आर्थिक सहयोगमा उनलाई ६ महिना कार बनाउन समय लागेको हो । कार निमार्ण लागत ३ लाख रुपैयाँ लागेको दावी गरिएको छ ।
सागर दिएको जानकारी अनुसार एक पटक चार्ज गरेमा कार ८० देखि एक सय किलोमिटर सम्म चल्छ । कार स्टार्ट गर्नका लागी चावीसंगै सेक्यूरेटी नम्बर पनि आवश्यक पर्दछ । यसले गर्दा कार चोरी हुने सम्भावना नरहने उनले जानकारी दिए । त्यसबाहेक कारमा फोल्डीङ सिटको व्यवस्था गरीएको छ । सिटहरु आवश्यकता अनुसार अगाडि पछाडि फोल्डीङ गर्न सकिन्छ । कारमा विभिन्न क्यामराहरुको प्रयोग गरीएको छ । जसले गर्दा चालकले अगाडी पछाडी कोही भए नभएको हेर्न सक्छन । यो ईलेक्टोनिक कार भएकाले वातावरणमैत्री छ । कारको उद्धघाटन संगै मेयर हमालले निर्माणकर्ता सागरसंगै बसेर कलेजको प्रांगणमा फन्को लगाएका थिए ।
कारको धनगढी उपमहानगरका मेयर गोपाल हमालले उद्घाटन गरेका हुन् । मेयर हमालले निमार्ण कर्तालाई बधाई दिदै कलेजले आफ्ना विद्ययार्थीको प्रतिभा विकासमा गरेको लगानीको प्रसंसा गरे ।
मेयर हमालले सागर जस्तै अरु आविष्कारक यूवाहरुलाई सपोर्ट गर्न उपमहानगरपालिका सधै तत्पर रहने बताए । कार्यक्रममा एसपीएका क्यामपस प्रमुख योगराज उपाध्यायले विधाार्थीले देखाएको ईच्छाशक्तिलाई यथार्थमा प्ररिणत गर्न एसपीए कलेज ठुलो लगानी गर्न समेत पछि नपर्ने कुराको उदाहरण यो भएको बताए ।
निर्माण कर्ता सागर खनालले कलेजको सपोर्ट बाट मत्रै आफ्नो सपना सकार भएको बताए । आफुले उक्तकार बनाउने ईडिया कलेजका प्रबन्ध निर्देशक सुवास शाहीलाई प्रस्ताब राखेको अर्को दिनमै कलेज लगानी गर्न तयार भएको उनले बताए ।
सम्बन्धित पाेस्टहरु