जगदीश रोकाया
बझाङ १० चैत : बझाङ जयपथृथ्वी नगरपालीका लाइ बालमैत्रीक स्थानीय शासन बनाउनका लागी र बाल विवाह न्यूनीकरणका लागि नीति योजना कार्यक्रमहरु बन्न थालेका छन । नगरपालिकालाइ बालमैत्रीक स्थानीय शासन घोषणका लागि पहिलो चरणमा केहि वडाहरु छनौट गरेका छन भने बालविवाह न्युुनीकरणका लागि पन्चबर्षीय योजना तयार गरिन थालेको छ । बालमैत्रीक स्थानीय शासन घोषणाको लागि पहल र बाल विवाह न्युुनीकरणको पन्चवर्षीय रणनीतिक योजना तयारीको लागी प्रगतीशिल युवा समाज र वल्डभिजनले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।
बाल विवाह न्युुनीकरणको पन्चवर्षीय योजनाको लागि प्रगतीशिल युवा समाजले नगरपालिका संगको सहकार्य समन्वय र पालीकाको वालविवाहको अवस्था विष्लेषण गरि मसौदा तयार गरि अन्तिमरुप दिन थालेको प्रगतीशिल युवा समाजका अध्यक्ष रमेश केसीले जानकारी दिए । उनका अनुसार यो रणनितिक योजना २०८३ साल सम्मको हुने छ र यो अवधि भित्र नगरपालीकामा पुर्ण रुपले बालविवाह अन्त भएको हुनेछ ।
यसका साथै जयपृथ्वी नरगपालिका लाइ त्यहि समय भित्र बालमैत्रीक स्थानीय शासन पनि घोषणा गरि सक्ने योजना अनुसार अहिले काम अगाडी बढाएको छ । बालमैत्रीक शासन घोषणाका लागि यो बर्ष नगरपालीकाका ११ र ६ नमवर वडा लाइ घोषणा गर्ने लक्ष्य लिएर बालमैत्रीक स्थानीय शासन घोषणाबा लागि पुुरा गर्नु पर्ने सुचकहरुको ट्याकिङ भइ रहेको प्रगतीशिल संस्थाका कर्मचारी विनोद थापाले बताए । उनले भने । ‘हामी बाल विवाह न्युुनीकरणको पन्च वर्षीय रणनितिक योजना र बालमैत्रीक स्थानीय शासन घोषणाका लागि आवस्यक काम सवै अगाडी बढाइ रहेको छौ ।’
बालमैत्रिक स्थानीय शासनका लागि दोसा्रे चरणमा २,३,४ वडा तेस्रो चरणमा १०र९ र चौथो चरणमा १,५,७,र ८ वडा क्रमसह घोषणा गरिने भएको छ । विहिवार सदरमुकाम चैनपुरमा प्रगतीशिल, वल्र्ड भिजनको आर्थिक सहयोगमा जयपृथ्वी नगरपालिकाले आयोजना गरेको बालमैत्रिक स्थानीय शासन समितिको बैठक तथा अन्तरकृया कार्यक्रममा पन्चवर्षीय बाल विवाहन्युनीकरण सम्वन्धी रणनितिक योजनामा र स्थानीय शासन घोषणाका लागि न्युुनतम सुुचकहरुको अवस्था माथी सरोकारवाला विच छलफल गरिएको थियो ।
जयपृथ्वी नगरपालीका नगर प्रमुुख चेतराज बजालले बाल विवाह न्युुनीकरण र बालमैत्रिक स्थानीय शासन हामो स्थानीय सरकारको पनि लक्ष्य भएकाले यसको पहलका लागि सस्थालाइ धन्यवाद दिदै आफुुहरु सस्थासंग आवस्यक सहयोग सहकार्य गरी समयमै काम गर्ने प्रतिवद्धता व्यक्त गरे
यस अगाडीको कार्यकालमा पनि जयपृथ्वी नगरपालिका लाइ बालमैत्रिक स्थानीय शासन घोषणाका लागि युुनिसेफले पहलकदमी गरेको भएपनि पालिकाले नै यो विषयलाइ प्राथमकिता नदिदाँ बालमैत्रिक स्थानिय शासन घोषण हुन सकेको थिएन ।
सम्बन्धित पाेस्टहरु