बझाङमा सामाजिक विकास कार्यालयका योजनाको अनुगमन

जगदीश रोकाया
बझाङ : सामाजिक विकास कार्यालय बझाङले आफ्नो कार्यालयबाट संचालन भएका जिल्लाभरीका योजना कार्यक्रमहरुको अनुगमनलाई तिब्र पारेको छ । कार्यालयका प्रमुख बिरबहादुर धामीले योजना स्थलमा आफु लगायत अन्य कार्यालयका प्राविधिक कर्मचारी सहित पत्रकार र सरोकारवालाहरुको संयुक्त अनुगमन टोली बनाएर योजना स्थलको कामलाइ गुणस्तर र प्रभावकारी बनाउन जोड दिएको छ ।
कार्यलय प्रमुख बिरबहादुर धामीका अनुसार निर्माण तर्फका योजनाहरुको सम्झौता भए देखि निर्माणको चरणमा गर्ने प्राविधिक सहयोग साथै अन्य काममा समन्वय सहकार्य गरि योजनालाइ दियो गुणस्तर र पारर्दशिक बनाउन लागि रहेको वताए । यसका लागि कार्यालयका कर्मचारी साथै अन्य तेस्रो पक्ष बाट पनि योजना कार्यक्रमको अनुगमन लाइ जोड दिएको छ ।
बुधबार पनि कार्यालय प्रमुख धामीले सामाजिक कार्यालयवाट थलारा गाँउपालीकामा निर्माण भइ रहेका योजनाहरुको स्थलगत अनुगमन गरेको छ । पत्रकार सहितको संयुक्त अनुगमन टोलीले थलारा ८ मा रहेको डाँडाबाग आधारभुत विद्यालय पण्डितगाँउमा निर्माण भइ रहेको २ कोठे विद्यालय भवन सहित डाँडाबाग मन्दिरमा निर्माण भइ रहेको शौचालयको अनुगमन गरेको हो ।
यसका साथै अनुगमन टोलीले थलारा गाँपा ५ को देवदुर्गा आधारभुत विद्यालय दुवालीमा निर्माण भइ रहेको २ कोठे भवन साथै धौलदेउ प्राथमीक विद्यालय गडीगाँउमा मर्मत सम्भारको योजना र भगवती आधारभुत विद्यालय काप्डामा निर्माण भइ रहेको २ कोठे विद्यालय भवनको पनि अनुगमन गरेको छ । अनुगमनमा डिजाइन स्टमेट अनुसारको काम भए नभएको कामको गुणस्तर के कस्तो छ , योजना काम प्रतिको उपभोक्ताहरुको चाँसो चिन्ता र जिम्मेवारी बोध के कस्तो छ र समस्या के कसो छ भनेर उपभोक्ता सम्म भेटघाट र फलफल पनि गरेको थियो ।
देवदुर्गा आधारभुत विद्यालयका अध्यक्ष अम्मरराज जोशीले विद्यालयमा २ कोठे पक्की भवन र्निमाण गर्न पाउदाँ गाँउलेहरु खुशी भएको वताए । भवन निर्माण भएपछि विद्यार्थीहरु लाइ पठनपाठनमा निकै सुविधा हुने देखीन्छ । भगवती आधारभुत विद्यालयकी शिक्षीका दमयन्ती चन्द्र सिहले पनि दुइ कोठे विद्यालय भवन पाएपछि सवै गाँउलेहरु मिलेर काम गरेको वताइन् । भवन निर्माणमा देवदुर्गा र भगवती आधारभुत विद्यालयको निर्माणको काम र गुणस्तर राम्रो देखीएको अनुगमन टोलीले वताए ।
सामाजिक विकास कार्यालय वाट यस आर्थिक वर्षमा दुइ कोठे विद्यालय भवन ४८ वटा ४ कोठे भवन ४ वटा र अन्य विद्यालय घेरवार खेलमैदान निर्माण लगायत गरि एक सय छ वटा योजना संचालन भइ रहेको वताएको छ । यसका साथै अन्य तालीम सचेतनाका योजना कार्यक्रमहरु ३८ वटा रहेकोमा अहिले सम्म धेरै योजना कार्यक्रमको काम सकिन थालेको र सवै योजना कार्यक्रमहरुको अनुगमन गरेको पनि कार्यालयले वताएको छ । अन्य कार्यालय भन्दा सामाजिक विकास कार्यालयले कार्यालय भित्रको कामकाज साथै अन्य योजना कार्यक्रममा शुसासन पारर्दशिता गर्न जोड दिदै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.