बझाङमा यार्सा टिप्न गएका युवकको कठ्याङ्ग्रिएर मृत्यु

बझाङ। बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–३ सौनगाँउका ३५ वर्षका कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

उनको यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले जानकारी दिए । उनका अनुसार बोहराको अत्यधिक चिसोका कारण मृत्यु भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.