डोटीमा जन्ती बोकेको बस दुर्घटना

डोटी। डोटीको जोरायल गाउँपालिका–२ मा जन्ती बोकेको बस दुर्घटना भएको छ। बुडरबाट जन्ती बोकेर दिपायल गइरहेको सुदूरपश्चिम प्रदेश ००१००१ ख २५८९ नम्बरको बस भिमदत्त राजमार्गको इठारा मोडस्थीत नालामा दुर्घटना भएको हो।

अस्थायी ट्राफिक प्रहरी पोष्ट बुडरका प्रहरी सहायक निरिक्षक रमेशदत्त भट्टका अनुसार बुडरबाट जन्ती बोकेर दिपायल गइरहेको बस आज बिहान सवा ८ बजे दुर्घटना भएको हो। नालीमा छिरेको बसमा सामान्य क्षति पुगेपनि बसमा सवार सबै सुरक्षित रहेको उनले बताए । स्टेरिङ्गले काम नगरेपछि दुर्घटनाबाट बचाउन नालीमै लगेको चालकले बताएको प्रहरी जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.