गोदावरी ४ मा रहेको मष्टाधाम पर्यटकको रोजाईमा पर्दै

धनगढी : कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ४ मा रहेको बन्दगडामा निर्माणधिन मष्टाधाममा अचेल दिनहुँजसो आन्तरिक पर्यटकहरु आउने गरेका छन् । ६५ विधा क्षेत्रफलमा फैलीएको उत्त धाममा स्टोनपार्क,सेल्फीपार्क,तालक्षेत्र,पिकनिक स्पोर्ट,ध्यान केन्द्र बन्न बाँकी रहेका छन् ।

त्यस्तै १०८ फिटको त्रिशुल उत्तm त्रिशुल हालसम्मको विश्वकै ठुलो त्रिशुल हुनेछ । राख्ने कार्य,तीन नाडको एघार सय किलोको घण्ट राख्ने लगायतका थुप्रै कार्यहरु बाँकी रहेको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश साँउदले जानकारी दिए । मष्टाधाममा वडा,नगर,प्रदेश र संघ गरी चारै तहका सरकारको लगनी रहेको छ । उत्तm धामलाई मष्ट देवताको विश्वकै पहिलो धामका रुपमा लिईएको छ भने मुख्य पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने योजना समितिको रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.