Agni Offset Press

साँझ ६ बजेपछि सुदूरपश्चिम बन्द खुल्यो,भोली प्रदेशसभा घेराउ गर्ने

Aarati simant

अत्तरिया : कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आइतबार गरिएको सुदूरपश्चिम बन्द साँझ ६ बजेदेखि खुलेको छ ।
बन्दका क्रममा सुदूरपश्चिमभर बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधनहरू, उद्योग तथा कल कारखानाहरू सञ्चालन भएनन् भने व्यापार व्यवसाय बन्द रहे । गत माघ २९ गते सरकारले गेटालाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नीति तथा कार्यक्रममा पनि सोही कुरा समेटिएको थियो । तर, बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भनिएपछि यस क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् ।   आफ्नो माग पुरा नभएसम्मका लागि आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ । भोली सुदूरपश्चिम प्रदेश सभा घेराउ गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.