Agni Offset Press

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

Aarati simant

अत्तरिया : बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
बिछ्या केन्द्रविन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो । यसअघि यही जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी रहेको जनाइएको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.