Agni Offset Press

गेटामा विश्वविद्यालय सञ्चालनको ऐन बन्दैछ : प्रधानमन्त्री प्रचण्ड

Aarati simant

अत्तरिया : कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको ऐन तयारीको चरणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) आश्वासन दिएका छन्।

सुदूरपश्चिममा विश्वविद्यालय सञ्चालनको माग गर्दै आन्दोलन जारी रहेका बेला पूर्व मन्त्री प्रेमबहादुर आलेसहितको एकीकृत समाजवादीका सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। उनीहरुसँग प्रधानमन्त्री प्रचण्डले गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनमा ल्याउनको लागि ऐन निर्माणको चरणमा रहेको बताएका छन्। सोमवार बिहान प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतसँग भेटेका सांसदहरुले गेटामा विश्वविद्यालय सञ्चालनको माग गरेका थिए।

अर्थ मन्त्री महतले संघीय संसदमा सोमवार गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको बारेमासमेत जबाफ दिने तयारी गरेका छन्। उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गेटामा दोहोरो बजेट परेकाले दुविधा भएको बताएका थिए। गेटामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच अर्ब बढीका भौतिक संरचनाहरु निर्माण गरेको छ। गेटामा स्वास्थ्य विशवविद्यालय सञ्चालन भए शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मातहतमा हुने छ। प्रतिष्ठान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मातहतमा हुन्छ।

संघीय मन्त्रिपरिषद्ले गेटामा विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालन गर्ने, ६ सय श्ययाको अस्पताल पनि चलाउने नीति तथा कार्यक्रममा समेत उल्लेख गरिएको थियो। तर संघीय सरकारको बजेटमा प्रतिष्ठान स्थापना गर्ने र एक सय श्ययाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा बिरोध सुरु भएको थियो। सोमवार सुदूरपश्चिमका प्रदेश सभा सदस्यहरुलाई सभामा प्रवेश गर्न रोक लगाइएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.