Agni Offset Press

गेटा मेडिकल कलेजलाई विश्वविद्यालयनै बनाउनुपर्छ : केन्द्रीय सदस्य महर

Aarati simant

धनगढी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा अगाडी बढाउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीको आयोजना गरिएको पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्य महरले गेटा मेडिकल कलेजलाई सञ्चालन गर्न सक्यो भने नेपालको गौरवको विषय बन्ने उनको धारणा थियो । यो गेटाको मेडिकल विश्व बिद्यालयले सुदूरपश्चिमका जनताले मात्र नभएर एउटा मेडिकल पर्यटनमा बिकास हुने दाबी गरे ।
यस विश्व बिद्यालयमा आसपासका प्रदेशका जनताको स्वास्थ्य अवस्था सुधारिने, छिमेकी देश भारतबाट समेत पढ्न आउने, उपचार गर्न आउने मानिसहरूको संख्या पनि बढेर यहाँको आर्थिक अवस्था र स्वास्थ अवस्थामा सुधार हुने बताए ।सुदूरपश्चिममा विश्वविद्यालय सञ्चालनको माग गर्दै आन्दोलन जारी रहेका बेला यो आन्दोलनमा आफ्नो समर्थन रहेको उनले बताए ।
धेरै रोगहरूको सामान्य उपचार हुने भए पनि यहाँ विश्व विद्यालय भए मेडिकल हव हुने बताए । उनले भने विश्व विद्यालयको रुपमा विकास गर्न सकियो भने एकातिर मेडिकल शिक्षा पढ्न पन पाईने अर्को तर्फ उपचार सेवा दिएर टिचिङ अस्पतालका माध्यमले सस्तो सेवा प्रवाह गरी डाक्टरहरूको आपूर्ति पनि गर्न सकिने बताए ।

गेटामा भएको मेडिकल कलेजलाई विश्व विद्यालयको रूपमा विकास गर्न सुदुरपश्चिमका अन्य जिल्लामा रहेका अस्पतालहरू कञ्चनपुर र डडेल्धुराका अस्पताललाई मेडिकल कलेजलाई पनि द्रुत गतिमा अघि बढाउनुपर्ने वताए । सरकारले बारम्वार सुदुरपश्चिमका जनताको स्वास्थ्य प्रति खेलवाड गरिरहेको समेत उनको आरोप छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.