अत्तरिया : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनले बझाङसहित सिङ्गो सुदूरपश्चिम स्तब्ध भएको छ । उनको निधनले बझाङले एक राजनीतिक अभिभावक गुमाएको भन्दै धेरैले दुःख व्यक्त गरिरहेका छन् ।
मन्त्री सिंहको निधनमा कलाकार सुनिल नेपालीले ठाडी भाका ‘रुँदै छ बझाङको माटो’ मार्फत दुःख व्यक्त गरेका छन् । जेआर भट्टको शब्दमा नेपालीले स्वर दिएका हुन् । मंगलबार गृह जिल्ला जाने क्रममा बझाङको केदारस्युँ देउरा नजिक नयाँ खेतमा भएको सडक दुर्घटनामा परेका मन्त्री सिंहको उपचारका क्रममा नेपालगन्जमा निधन गएको थियो । मन्त्री सिंहसँगै उनकी पत्नी र भाउजूको समेत दुर्घटनामा ज्यान गएको थियो ।