अत्तरिया : बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । उनलाई आज बिहान पार्टी कार्यालय बालाजुमा रास्वपा अध्यक्ष रवि लामिछानेले स्वागत गरे ।
बैंकर शाह गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेनिकट देखिएका थिए । उनी एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा समेत सहभागी भएका थिए । निर्वाचनपछि एमालेबाट टाढिएका शाह बिहीबार औपचारिकरूपमा रास्वपा प्रवेश गरेका हुन् ।