गोदावरीमा अवैध काठसहित दुई जना पक्राउ

अत्तरिया : कैलालीमा अवैध काठसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर १२ कोलमुडामा २८ वर्षीय अम्मर साउँद र ३९ वर्षीय नन्दराम बडैलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जना गोदावरी नगरपालिका–११ का स्थानीय हुन् । उनीहरुले लु ४ त ४७६६ नम्बरको ट्याक्टरमा अबैध रूपमा ओसारपसार गर्दै गरेको ७ फिट लम्बाईका ४८ वटा फ्रेम र ७ फिट लम्बाईकै १८ वटा कडी फेला बरामद गरिएको छ । उनीहरुलाई अस्थाई प्रहरी पोष्ट ओलानीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.