गोदावरी नगरपालिकाले एमबीबीएस पढ्नेलाई १ लाख ५० हजार दिने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले नीति तथा कार्यक्रममा नगरपालिकाबाट १२ कक्षा उत्तीर्ण गरी एमबीबीएस पढ्नेलाई १ लाख नगद दिने भएको छ ।

शुक्रबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरी एमबीबीएस अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप एकमुष्ट एकलाख पचास हजार प्रदान गरिने घोषणा गरेको छ ।
यस्तै आधारभूत तह कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक विद्यालयका १\१ जना छात्र\छात्राका लागि पुरस्कारको व्यवस्था गरिनेछ र, आधारभूत तह कक्षा ८ को सिकाइ उपलब्धिको आधारमा विद्यालयलाई पनि पुरस्कारको व्यवस्था गरिने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.