अत्तरिया बसपार्कमा भोलि विश्वविद्यालय माग्दै डेउडा खेलिने

अत्तरिया : कैलालीको अत्तरिया स्थित बसपार्कमा भोलि डेउडा खेलिने भएको छ। गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिको आयोजनामा डेउडा खेलिने भएको हो।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) का अनुसार शनिवार साँझ ५ बजे अत्तरिया बसपार्कमा डेउडा खेलिने छ। डेउडाबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गरिने छ। सघंर्षका कार्यक्रम अन्तरगत शनिवार बृहत डेउडा खेलिने संयोजक पाण्डेले बताए।

उनका अनुसार डेउडा गायकहरु दीर्घराज फुलारा र गणेश विष्ट डेउडा खेलमा हुनेछन। गेटामा सरकारले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि ऐन निर्माण गर्नुपर्ने र ६ सय शप्याको अस्पताल सञ्चालन गर्नुपर्ने माग गर्दै कैलालीमा आन्दोलन जारी छ। आन्दोलनका कार्यक्रम अन्तरगत शनिवार डेउडा खेलिने पाण्डेले बताए। एक महिना देखि संघर्ष समिति निरन्तर आन्दोलनमा रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.