गेटामा स्वास्थ्य विश्वविद्यालय माग गर्दै आज अत्तरिया बसपार्कमा डेउडा खेलिने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका गेटामा विश्वविद्यालय माग गर्दै आज अत्तरिया बसपार्कमा डेउडा खेलिने भएको छ। गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको संघर्ष समितिले अत्तरिया बसपार्कमा डेउडा खेलिने भएको हो।

संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) ले आज शनिवार साँझ ५ बजे अत्तरिया बसपार्कमा डेउडा खेलिने जानकारी दिए । सघंर्षका कार्यक्रम अन्तरगत आज बृहत डेउडाबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गरिने छ। झण्डै एक महिना देखि संघर्ष समिति स्वास्थ्य विश्वविद्यालयको माग गर्दै निरन्तर आन्दोलित छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.