अत्तरिया उद्योग वाणिज्य संघको साधारण सभा सुरु

अत्तरिया : अत्तरिया उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन तथा चौथो साधारण सभा सुरु भएको छ । आइतबार संघको हलमा नयाँ नेतृत्व चयन गर्नको लागि चुनावी साधारण सभा सुरु भएको हो ।

अधिवेशन तथा साधारण सभाको एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका हुन । उनले चुनावी साधारण सभा भएकाले संघको नयाँ नेतृत्व यस क्षेत्रका व्यवसायीहरुको सहमतिका आधारण चयन गर्न सुझाव दिए । उनले सहमति हुन नसकेर चुनाव भएपनि त्यसबाट भएको हारजित सहर्ष स्वीकार गरेर अगाडी बढ्नुपर्ने बताए ।

अघिवेशन तथा चुनावी साधारण सभाको उद्घाटन सत्रको समापन गर्दै संघका अध्यक्ष अशोक राज देवकोटाले कोरोना महामारी लगायतका कारणले गर्दा साधारण सभा गर्न ढिलाई भएको बताए । उनले अत्तरिया उद्योग बाणिज्य संघमा पछिल्लो समय आएका बिभिन्न चुनौतिका कारण सोचेअनुसारको काम गर्न नसकिएपनि आगामी दिनमा आउने नयाँ नेतृत्वलाई ति चुनौती चिर्न सधै साथ दिने बताए ।

कार्यक्रममा दुर्गालक्ष्मी बहुमूखि क्याम्पसका प्रमुख डम्बर पाल, होटल व्यवसायी संघकी केन्द्रिय उपाध्यक्ष धना चोखाल, अत्तरिया खानेपानीका अध्यक्ष टिकादत्त जोशी, युवा नेता लोकराज पाण्डे, संघका निवर्तमान अध्यक्ष बसन्त रोकाया लगायत संघमा पदाधिकारी, सामाजसेवी, व्यवसायीहरुको सहभागिता रहेको थियो । उद्घाटन सत्रको संचालन संघका प्रेस सल्लाहकार गोबिन्द रोस्याराले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.