कैलाली कारागारमा कैदी छोरालाई भेट्न पुगेकी आमा ब्राउन सुगरसहित पक्राउ

अत्तरिया : कैलाली कारागारमा कैदीछोरालाई भेट्न पुगेकी आमा ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । जिल्ला कारागार कैलालीमा लागुऔषध मुद्धामा कैद भुक्तान गरीरहेका २१ बर्षीय छोरा ओम प्रकास अवस्थीलाई भेट्न पुगेकी धनगढी ३ मिलनचोककी ५० बर्षीय कमला देवि अवस्थिलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार आज दिउँसो २ बजे कैलाली कारागारमा सामान चेकजाँच गर्ने क्रममा कमलाले बिस्कुट भित्र लुकाई ल्याएको ५ ग्राम ४० मिलिग्राम (ब्राउन सुगर) फेला पारी बरामद गरिएको बताए । सुरक्षामा खटीएका प्र‍हरी कर्मचारीले बिस्कुट भित्र उक्त लागुऔषध भेटेका थिए । कमला देवि अवस्थिसहित लागुऔषध ब्राउन सुगर नियन्त्रणमा लिइएको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याईएको छ

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.