कञ्चनपुर : ‘कावासोती साइफर’ भोल्युम ३ सोमबार सार्वजनिक हुने भएको छ । युनिकन रेकर्डसको प्रस्तुति रहेको उक्त ¥याप साइफरमा डिएक्स फ्लो, डेगो, एजे–४९, लिल सुलोभ, सुजन लामा, सेन जि, बिक्कु, गोरे, एमसी किगं, लिल–ला, यौंग–सौगात, प्रोमीज लगायतको ¥याप रहेको छ ।
सिद्धान्त राना मगर (सिडजी) को निर्देशन रहेको उक्त ¥याप साइफरको छायांकन गणेश परियारले गरेका छन् । आफ्नो ठाँउलाई प्रतिनिधित्व गर्ने तथा चिनाउने उद्देश्यले साइफरको नाम ‘कावासोती साइफर’ राखिएको युनिकन रेकर्डसका सिइओ सिडजीले बताए ।
उक्त गीतको भिडियोलाई युनिकन रेकर्डस मार्फत सार्वजनिक गरिने युनिकन रेकर्डसका सिइओ सिडजीले बताउनुभयो। गीतको भिडियो निर्माणमा एजुकेसन हब, फ्याब्रिक्स, टिफिन बक्स, अजै एण्ड सन्सको लगायतको सहयोग रहेको थियो ।
सम्बन्धित पाेस्टहरु