अत्तरिया ; कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज (आइतबार) दिउसो बर्दगोरिया गाउँपालिका–४ पुरैन तालमा करेन्ट लाग्दा सोहीँ ठाउँका ४५ वर्षीय प्रशादे साउदको मृत्यु भएको हो ।
प्रहरीका अनुसार छिमेकी मोहन बुचामगरको घरमा आएका बेला साउदलाई करेन्ट लागेको थियो। बुचामगरको टिनले छाएको कच्ची भान्सा घरमा तानिएको बिजुलीको तार सर्ट भएर साउदलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएपछि साउदलाई घोडाघोडी अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पत्ताल धनगढी पठाएको छ ।