धनगढी उपमहानगर–३ मा आँप र लिचिका बोट विरुवा वितरण

धनगढी, ११ असार : धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालय द्वारा आँप र लिचिका निशुल्क बोट विरुवा वितरण गरेको छ । सोमबार वडाले एक व्यक्तिलाई आँप र लिचि गरी दुई बोटका दरले विरुवा वितरण गरेको हो ।

वडा अध्यक्ष राजबहादुर ऐरका अनुसार वडाभर आँप र लिचि गरी ३ हजार ४ सय ८० विरुवा वितरण गरेको हो । विरुवा लिनका लागि वडाबासीहरु विहानै देखि लाईनमा लागेका थिए । ‘वडामा आँप र लिचि गरी ३ हजार ४ सय ८० विरुवा वितरण गरेको छ’, उनले भने । ‘यसको सहि तरिकाले रेखदेख गरी हुर्काएका देख्न पाईयोस् ।’ उनले वडालाई हरियाली बनाउने अभियान अन्र्तगत विरुवा वितरण गरेको बताए । विरुवा वितरणले वाहिरबाट आयात हुने फलफूल कम हुने उनले विश्वास व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.