फारवेस्टर्न राइडरले गरे सुप समावेशी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका ८ का साइकलयात्री भरत विक्रम शाह (फारवेस्टर्न राइडर) ले सुप समावेशी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छन्। गोदावरी नगरपालिका वडा नं.२ मा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई शाहले आफ्नो युट्युबको पहिलो कमाई बाट शैक्षिक सामग्री वितरण गरेका हुन्।

सुप समावेशी आधारभूत विद्यालय सुदूरपश्चिम प्रदेशको एक मात्र अपाङ्गता भएका विद्यार्थीहरूका लागि पढाई हुने विद्यालय हो । साइकलयात्रा गरी सुदूरपश्चिमका मनमोहक पर्यटक स्थलहरूको फोटो भिडियो पोस्ट गरी लामो समयदेखि पर्यटनको क्षेत्र पहिचान तथा जगेर्ना गर्न खटिएका शाह समाज सेवामा पनि निकै सक्रिय रहेका पाइन्छन्। आफूले सकेको सहयोग गर्न पाउँदा खुसी महसुस भएको साइकलयात्री शाहले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.