लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको जनचेतनामूलक प्रदर्शनी

कञ्चनपुर : लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा महेन्द्रनगरमा जनचेतनामूलक प्रदर्शनी गरिएको छ।

बैतडी विद्यार्थी समाज कञ्चनपुरको आयोजनामा सोमबार महेन्द्रनगर बजारमा जनचेतनामूलक प्रदर्शनी गरिएको हो। लागू औषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता, व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता भन्ने मूलनाराका साथ लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको जनचेतनामूलक प्रदर्शनी गरिएको बैतडी विद्यार्थी समाज कञ्चनपुरका अध्यक्ष रवीन्द्र साउदले बताए। उक्त जनचेतनामूलक प्रदर्शनीमा बैतडी विद्यार्थी समाज कञ्चनपुरका सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.