धनगढी : धनगढीमा सम्पन्न प्रदेश किशोररकिशोरी स्वास्थ्य प्रवद्र्धन तारा को उपाधी धनगढीकी टीनु जोशी र लम्कीचुहाका सुदीप भुलले पाएका छन् । आइतवार र सोमवार दुई दिनसम्म चलेको प्रतियोगितामा सहभागी १२ जनामा किशोरीतर्फ जोशी र किशोरतर्फ भुल उत्कृष्ट भएका हुन् ।
प्रदेश स्वास्थ्य प्रवद्र्धन केन्द्रले आयोजना गरेको स्वास्थ्य प्रवद्र्धन तारा छनोट गर्न प्रदेशस्तरीय खुला बहस र निबन्ध प्रतियोगिता गरिएको हो । नसर्ने रोग र लागुऔषध नियन्त्रणमा म सधैं एक कदम अगाडिु भन्ने नारासहितको प्रदेशस्तरीय बहस र निबन्ध प्रतियोगिता गरिएको स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख हेमराज खड्काले बताए ।
प्रदेश किशोररकिशोरी स्वास्थ्य प्रवद्र्धन ताराको उपाधी पाउने जोशी र भुललाई जनही ५० हजार नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । अन्य प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा सहभागी किशोररकिशोरीले स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने र लागुऔषध विरुद्धका अभियानमा सक्रिय रहने विश्वास गरिएको छ ।
आइतवार सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले उद्घाटन गरेको प्रतियोगिताको समापन विजेता र सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सामाजिक विकास मन्त्रायका उपसचिव गणेशबहादुर सिंहले गरेका हुन् । प्रतियीगितामा सहभागी किशोररकिशोरीहरूले नसर्ने रोग विरुद्ध जनचेतना जगाउने र धुम्रपान, मद्यपान र लागुऔषधको सेवन नगर्ने प्रतिवद्धता जनाएका छन् ।