लागुऔषधसहित दुई जना पक्राउ, धनगढीबाट ५ किलोग्राम चरेस बरामद

धनगढी : कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । सोमबार राति टीकापुर नगरपालिका–२ बाट टीकापुर नगरपालिका–५ का २० वर्षीया विशाल चौधरी र १८ वर्षीय लोकेन्द्र चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् । एक ग्राम ३७० मिलीग्राम लागुओषधसहित ईलाका प्रहरी कार्यालय टीकापुरले दुबै जनालाई पक्राउ परेको हो ।
त्यस्तै सोमबार साँझ धनगढी उपमहानगरपालिका–१४ ‘एच’ गाउँमा कपडाभित्र बेरेर पोको पारी राखेको अवस्थामा ५ किलोग्राम चरेस फेला पारेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल बिओपी डिपोबजारबाट खटिएको गस्ती टोलीले चरेस फेला पारेपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बरामद गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.