काठमाडौं : शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार शर्मा मुम्बईमा लुकेर बसेका थिए । सीआईबीको टोलीले उनलाई मुम्बईबाट नै पक्राउ गरेको हो ।
भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ । उपत्यकाका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित उपत्यका बाहिर पनि प्रमुख शहरहरुमा शाखा विस्तार गरेको सहकारीका सञ्चालविरुद्ध सबै शाखाका बचतकर्ताले उजुरी गरेका छन् ।