जिल्ला निर्वाचन कार्यालय खारेज गर्नेकुरा काँग्रेसले सोच्न सक्दैन : रमेश लेखक

काठमाण्डौँ : नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले काँग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नेकुरा सम्भव हुन नसक्ने बताएका छन्।

मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भन्ने कुरामा सरकार र काँग्रेस जानकार रहेको बताए। उनले निर्वाचन आयोगका कुनै पनि कार्यालय सरकारको कुनै निकायमा सार्ने कुरा हुन नसक्ने बताए। काँग्रेस अवाञ्छित गतिविधि गरेर निर्वाचन जित्नुपछभन्ने मान्यता राख्ने पार्टी नभएको उनको भनाइ थियो।

उनले भने, ‘सरकारले यो कुरा पटकपटक भनेको पनि हो। निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भनेको छ। निर्वाचन आयोगका कुराहरू सरकारको कुनै निकायमा सार्ने कुरै हुन सक्दैन। नेपाली काँग्रेसका लागि यो कुरा सह्य हुँदैन। हामी राज्य, सरकार र निर्वाचन आयोग बाहेकका निकायले निर्वाचन सञ्चालन गर्नुपर्छ, निर्वाचनमा अवाञ्छित गतिविधि गरेर निर्वाचन जित्नुपर्छ, भन्ने मान्यता नै राख्ने पार्टी होइनौँ। कुनै पनि घटनालाई अतिरञ्जित गराउनु हुँदैन, अहिलेको सरकारमा काँग्रेस छ, काँग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्छ। त्यसका उदाहरण प्रशस्त छन्, यसलाई अन्यथा लिनु हुँदैन।’ प्रमुख सचेतक लेखकले कुनै पनि घटना निष्पक्ष, स्वतन्त्र, पूर्वाग्रहीरहीत ढंगबाट छिनोफानो हुनुपर्ने बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.