तरुण दल कैलालीद्वारा रिले अनसन सुरु

धनगढी : नेपाल तरुण दल कैलालीले रिले अनसन सुरु गरेको छ । बुधवार मात्रै गठन भएको तरुण दल तदर्थ समितिलाई लिएर नेपाली काँग्रेस कैलाली जिल्ला पार्टी कार्यालयमा बिहिवारबाट रिले अनसन सुरु गरेको हो ।

तरुणहरूको मानमर्दन हुने गरी विधान विपरीत विभेदकारी सिन्डिकेट प्रथाद्वारा ल्याइएको तदर्थ समितिलाई यथाशीघ्र पुनर्गठन गर्न माग गदै आन्दोलन सुरु गरेको नेपाल तरुण दल कैलालीका अध्यक्ष दीपेन्द्र बमले बताए । आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए । यो समिति पुनर्गठन गरेर लामो समयदेखि काम गर्दै आएकाहरू लाई समितिमा ल्याउनु पर्ने उनको माग छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल तरुण दल विस्तार गरेका थिए । यसअघि तरूण दल एक सदस्यीय मात्रै थियो। अध्यक्ष विद्वान गुरूङ मात्रै थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.