अत्तरिया : आगामी आर्थीक वर्षको बजेटप्रति असन्तुष्टी जनाउदै सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका व्यत्ति रिले अनसनमा बसेका छन् । उनीहरुले धनगढीमा अनसन सुरु गरेका हुन्।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा अपाङ्गता भएका नागरीकलाई बेवास्ता गरिएको उनीहरुको गुनासो छ।
सुदूरपश्चिमका अपाङ्गता भएकाहरुलाई प्रदेश सरकारको बजेटले समावेशीरुपमा अपाङ्गता भएकालाई नसमेटेको भन्दै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए।
मागको सम्बोधन नभएपछि सडक आन्दोलन गर्न बाध्य भएको अपाङ्गता अधिकार प्रबर्दधन संर्घष समितिले जनाएको छ ।