अत्तरिया : कपिलवस्तुको चरोडामा बिहानै ना.६.ख १३३९ नम्बरको बस दुर्घटना भएको छ। बझाङ देखि काठमाडौंका लागि छुटेको बस रोड भन्दा करिब ५ मिटर तल पल्टिएर दुर्घटनामा परेको हो।
दुर्घटनामा परि अन्ताजी सवार २५ जना मध्ये ४ जना गम्भीर घाइते भएका छन् भने अरु समान्य घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घाइतेहरु लाई उद्वार गरि उपचारको लागि सन्जिबनी हस्पिटलमा लगिएको छ।