स्वस्थ्य विश्वविद्यालयको माग गर्दै शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालको गेटमै धान रोपीयो
अत्तरिया : सरकारले आर्थिक बर्ष २०८०\०८१ को बजेटमा गेटामा सय वेडको अस्पताल सञ्चालन गर्ने भनिएपछि आन्दोलनरत संघर्षरत समितिले शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालको गेटमा धान रोपेको छ । धान दिवसको अवसरमा आज गेटमै खनजोत गरेर धान रोपाई गरेको हो ।
शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तरगत धान रोपेको जनाएको छ । सरकारले चाडो भन्दा चाडो संसदमा विधेयक पास गरेर ६ सय बेड सहितको स्वास्थ्य विश्विद्यालय सञ्चालन गर्नुपर्ने संघर्ष समितिको माग छ । सरकारले आफ्नो मागप्रति वेवास्ता गरेको संघर्ष समितिका संयोजक लोकराज पाण्डे आगोले बताए । उनले एक महिना देखि विभिन्न चरणका कार्यक्रम गर्दै आए पनि सरकारको कुनै धारणा वाहिर नआएको बताए ।
सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा पनि समेटेको भएपनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर १ सय शैय्याको अस्पताल चलाउने गरी बजेट पास गरेको छ । धान रोपाई कार्यक्रममा स्थानीयहरुको सहभागिता रहेको थियो ।
