पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

अत्तरिया : प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ। प्रहरी वृत बानेश्वरको टोलीले शुक्रबार अपराह्न उनलाई बानेश्वरबाट पक्राउ गरेको हो।

रौनियारविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी उजुरी परेको थियो। सोही उजुरीका आधारमा रौनियारलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए। उनी २०७४ मा पर्सा क्षेत्र नम्बर ३ बाट तत्कालीन संघीय समाजवादी फोरमको सांसदसमेत भएका थिए। अख्तियारले विशेष अदालतमा उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको पद निलम्बनमा परेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.