अत्तरिया : असार १५ को अबसर पारेर नेकपा (एमाले) गोदावरी नगरकमिटीले रोपाइँ कार्यक्रम गरेको छ । गोदावरी नगरपालिका –५ मा रोपाइँ कार्यक्रम गरेको हो । नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट सहितका नेताहरु रोपाइँ कार्यक्रममा सहभागी रहेका थिए ।
यस्तै आज दिनभर जसो जिल्ला भर एमालेका नेताहरु बिबिध रोपाइँ कार्यक्रममा सहभागी रहेका छन । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।