ललिता निवास प्रकरणमा पक्राउ परेका गुरुङसहित तीनजना अस्पताल भर्ना

काठमाण्डौँ : बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका तीनजनालाई अस्पताल भर्ना गरिएको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतमलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी दिनेश आर्चायका अनुसार एक जनाको स्वास्थ्य अवस्थामा सुधार आए पनि दुई जनालाई मेडिकल निगरानी आवश्यक देखिएको छ । उनीहरू दुई जनामध्ये एक जनाको प्रोस्टेटको अपरेशन गरिएको छ भने अर्को व्यक्तिलाई बेला–बेलामा अक्सिजन दिइरहनुपर्ने एसएसपी आर्चायले जानकारी दिए । तीनजना अस्पताल भर्ना भएपछि अहिले गोपाल कार्की मात्र हिरासतमा छन् ।

ब्यूरोले १२ असारमा ललिता निवास प्रकरणमा सात जनालाई पक्राउ गरेको थियो । अदालतबाट स्टे–अर्डर लिएका कलाधर देउजा, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी भने पक्राउ परेकै दिन छुटेका थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.