सेतीमा डुबेर एक बालक बेपत्ता, एकको उद्धार

डोटी : डोटीको सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। डोटीको दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ।

बिहिवार पौडी खेल्ने क्रममा उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई स्थानीयले उद्धार गरेका छन्। मिलनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लक्ष्मी जोशीले बताए। बेपत्ता सुशान्तको खोजी कार्य जारी रहेको छ। खोजीका लागि आफन्त नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.