बझाङमा दलित परिवारको घर भत्काउने तीन जना पक्राउ

अत्तरिया : बझाङमा दलित परिवारको घर भत्काउने तीन जना पक्राउ परेका छन्। जिल्लाको बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पीडितले दिएको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान थालिएको छ। पीडित पुटके ओखेडाले स्थानीय ३०–३२ जनाको समूहले घर भत्काएको र गालीगलौच गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.