कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ

अत्तरिया : कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। डडेल्धुराको परशुराम नगरपालिका–११ घर भई कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा डेरा गरि बस्ने २७ वर्षीय खडक बिष्टको साथबाट २ ग्राम ८० मिलीग्राम लागुऔषध फेला पारेको हो। उनीसँगै बस्ने डडेल्धुराको आलिताल गाउपालिका–६ का ३२ वर्षीय बिष्णु बिष्टको साथबाट ७० मिलिग्राम लागु औषध फेला पारेर दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै कैलालीको गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोडबाट २१ वर्षीय दिलिप कडायत ९६५ मिलीग्राम लागु औषधसहित पक्राउ परेका छन्। उनीहरु विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.