यातायात कार्यालयद्वारा सवारी दर्ता र नामसारीको कार्य पुनः सुचारु

अत्तरिया : यातायात कार्यालय धनगढीले सवारी दर्ता र नामसारीको कार्य पुनः सुचारु गरेको छ। कार्यालयले बुधवार एक सूचना प्रकाशित गरी आज १८ गतेबाट दर्ता र नामसारीको कार्य पुनः सुचारु हुने जानकारी गराएको छ।

कार्यालयले आन्तरिक व्यवस्थापन लगायत विविध कारण देखाई उक्त सेवाहरु बन्द गरेको थियो। कार्यालयले सूचना प्रकाशित गरी साउन १५ गते सोमवारबाट लागु हुने गरी अर्को सूचना नआउञ्जेल सम्मका लागि अनिश्चितकालका लागि दर्ता र नामसारीको सेवाहरु बन्द गरेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.