सुदूरपश्चिममा नेपाली सेनाको लागि ४ सय नयाँ भर्ना खुल्यो

धनगढी : नेपाली सेनामा तीन हजार बढी नयाँ सैनिक भर्ती भएका छन्। विभिन्न ब्यारेकमा भर्ना भएका नयाँ सैनिकलाई सैन्य आधारको तालिम दिन थालिएको छ। जस्मा सुदूरपश्चिमका पनि ४०० नयाँ सैनिक रहेका छन्। उनीहरुको तालिम थालिएको जनाइएको छ। सैनिक स्रोतका अनुसार श्री देवीदल गण, कैलालीमा २५०, श्री भैरवप्रसाद गण, डोटीमा एक सय, श्री गुरुगोरख गुल्म, दार्चुलामा ५० जनालाई भर्ना गरिएको छ। सेनाले उनीहरुको सैन्य तालिम थाल्ने तयारी गरेको छ।
नेपाली सेनाले सैन्य तालिममा जाँदा आफ्ना व्यक्तिगत सामानहरु अनिवार्य साथमा लिन सुसूचित गराएको छ। ठूलो कालो झोला, एक जोर सिभिल लुगा, साधारण नोख भएको एकजोर कालो जुत्ता, फुल साइजको कालो सिभिल मोजा, चप्पल, पिटी गन्जी, दाह्री काट्ने सामान र अण्डरवेयर, महिलाको हकमा भित्री वस्त्र, ब्रस, मन्जन र साबुन, जुत्ता पुस्ने ब्रस, साधारण बकल भएको कालो छालाको बेल्ट, स्पोर्ट सुज सैनिकले अनिवार्य साथमा लैजानुपर्नेछ।

त्यस्तै, सेनाले सैनिकहरुलाई आफ्नो व्यक्तिगत प्यान नम्बर बनाउन निर्देशन छ। व्यक्तिगत खाता खोलेर एटीएम पनि आफैंसंग लैजानुपर्ने, व्यक्तिगत विवरण किताबमा अनिवार्य छाप लगाउन र आफूले ईच्छाएको व्यक्तिको फोटो र नागरिकता पनि साथमा ल्याउन भनिएको छ। सम्बन्धित केन्द्रहरुले सैनिकहरुको विवरण संकलन गरेर राख्नुपर्नेछ। सैनिकहरु आफ्नो व्यक्तिगत कागजातबिना उपस्थित हुँदा तालिममा असर परेपछि सेनाले पहिले नै जानकारी गराएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.