बझाङ : बझाङको बुङ्गल नगरपालिकाका एक कर्मचारी बेपत्ता भएका छन् । नगरपालिकाका कार्यालय सहयोगी धनबहादुर बोहरा बिहीबार साँझदेखि बेपत्ता भएका हुन् ।
बुङ्गल–३ विर्पैयाँका करिब ४० वर्षीय बोहरा नगरपालिकाबाट घर नफर्केका र उनले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक भेटिएको प्रहरीले जनाएको छ । चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिए पनि यसबारे आधिकारिक रुपमा भन्न नसकिने इलाका प्रहरी चौकी बिजगडाले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु