बाजुरामा बेतालमाण्डौ-खप्तड छेडेदह सडक अवरुद्ध

बाजुराः बाजुरामा अबिरल बर्षाले बेतालमाण्डौ-खप्तड छेडेदह गाउँपालिकाको केन्द्र जोड्ने सडकखण्ड अवरुद्ध भएको छ। शुक्रबार राति आएको अबिरल बर्षाले पहिरो गएर सडक अवरुद्ध हुदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ ।
बेतालमाडौ बजार तथा उपचारका लागि अछामको बयलपाटा जानका लागि स्थानीयलाई समस्या भएको छ। साथै सडकसंगै खप्तड छेडेदह ३ का विभिन्न गाउका नहरहरु समेत बगाएको छ। अबिरल बर्षासंगै आएको पहिरोले वडा नम्बर ३ पुडावालामा करिब २० लाखभन्दा बढिको लागतमा भर्खरै निर्माण गरिएको नहर क्षेदविक्षेद भएको स्थानीय गोपाल बुढाले जानकारी दिए ।

गएको आर्थिक बर्षमै निर्माण सम्पन्न भएको नहर एकै राति परेको अविरल बर्षाका कारण आएको पहिराले बगाएर लगेको उनले बताए। त्यस्तै बेतालमाडौ हुदै खप्तड छेडेदह गाउँपालिकाको केन्द्र जोड्ने सडक खण्डको मालझुली बजार नजिकै पल्टेढ्ङगामा माथिबाट आएको पहिरोले अबरुद्ध गरेको स्थानिय बुढाको भनाई छ।

बर्षाले क्षेदविक्षेद गरेको नहर र अबरुद्ध सडक तत्काल सुचारु गर्न वडा तथा गाउँपालिकाले ध्यान दिनुपर्ने स्थानिय नरेश धामीले बताए। बर्षात सुरु भएसंगै वडाका सबैजसो टोलहरु पहिरोको उच्च जोखिममा परेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.