Agni Offset Press

बाढीले कैलालीको गोदावरी धाममा वितण्डा, लाखौका भौतिक संरचनामा क्षति

Aarati simant

अत्तरिया, २३ साउन : बर्षासंगै आएको बाढी, पहिरोले कैलालीको धार्मीक पर्यटकीयस्थल गोदावरी धाममा ठूलो क्षति पुगाएको छ । सोमबार राति ७ बजेपछि आएको बर्षाले धाममा निर्माण गरिएका भौतिक संरचनामा लाखौको क्षति पुगाएको छ ।


स्थानीयका अनुसार शिवमन्दिर, विष्णु मन्दिर, संस्कृति पढाई हुने विद्यालयमा क्षति पुगाएका छ । बाढीमा फसेकाहरुलाई सोमबार राति १० बजे स्थानीयहरुले उद्धार गरेको थियो । बाढीले गोदावरीमा रहेको काठेपुलमा समेत क्षति पुगाएको छ । गोदावरी नदीमा फसेका ६ जनाको राति नै उद्दार गरिएको हो। करिब साढे १० बजेको समयमा आएको बाढीका कारण फसेकाहरुको ११ बजे राति उद्दार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक रबिन्द्रसिंह कार्कीको कमाण्डमा ११ जनाको प्रहरी टोली, संगै नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नदीको बीच भागमा फसेकाहरुको उद्दार गरिएको जनाएको छ
प्रहरीले नदीमा फसेकाहरुमा ५ जना पुरुष र १ जना महिलागरी ६ जनाको उद्दार गरेको हो।
सोमबार राति आएको बर्षाले गर्दा सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध भएको छ । गोदावरी नगरपालिका–४, मा सोमबार राती गएको पहिरोले सडक पुरिनुका साथै भासिएको छ ।


पहिरोले सडक केही ठाउँमा भासिएर चिरा परेको र राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएर दर्जनौं सवारी साधनहरु रोकिदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।


दुई ठाउँमा पहिरो गएको त्यहा खटिएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी सहायक निरीक्षक आकास रावलले जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.