अत्तरिया : धनगढीमा शनिबार (बिदा) को दिन पनि सरकारी सवारीसाधन चलाउनेहरुलाई अनेरास्ववियुले नियन्त्रणमा लिइरहेको छ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले आज दिनभर धनगढीमा बिदाको दिन पनि सवारी चलाएर दुरुपयोग गर्नेहरुलाई नियन्त्रणमा लिएको जनाएको छ।
अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले बिदाको दिन पनि सरकारी सवारीसाधन चलाएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको भन्दै सवारी र चालकलाई लिइएको बताए। जिल्ला प्रशासनबाट चिट नकाटेर अनावश्यक काममा हिंडेका १ दर्जन बढी सवारीलाई नियन्त्रणमा लिएर पहिलोपटकका लागि सम्झाईबुझाई छाडिएको उनले बताए।
सुशासन कायम गराउन अनेरास्ववियुले यस्तो गरिरहेको जनाएको छ। उसले धनगढीको सहिद गेट लगायतका क्षेत्रमा चेकिङ गरिएको जनाएको छ।