शिक्षा ऐनको विरोधमा बाजुरा खप्तड छेडेदह गाउँपालिकामा शिक्षकहरुको धर्ना

अत्तरिया, २८ साउन : बाजुराको खप्तड छेडेदह गाउँपालिकामा शिक्षकहरु धर्ना दिएका छन् । गाउँपालिकाका विभिन्न वडाबाट आएका शिक्षहरुले आईतबार पालिकाको कार्यालयमा धर्ना दिएका हुन् । धर्ना दिनुका साथै शिक्षकहरुले पालिका मार्फत सरकालाई ज्ञापनपत्र पनि बुझाएका हुन् ।
संसदमा प्रस्तुत नहुँदै चर्चामा आएको शिक्षा ऐनको विरोधमा देशैभरका शिक्षक संघ, संगठन जस्तै खप्तड छेडेदह गाउँपालिकामा धर्ना दिएको शिक्षक गोापल रावतले जानकारी दिए । आज बिहान ११ बजेबाट २ बजेसम्म सबै गाउँपालिकामा धर्ना दिइएको उनले बताए ।
सबै शिक्षक संघ, संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा देशैभरका ७५३ पालिकामा पालिकास्तरीय दबाब दिन धर्नामा उत्रिएका हुन् । सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा, सार्वजनिक विद्यालयको स्तरोन्नतिलगायत सरकारसँग पटकपटक भएका सम्झौता नसमेटिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।
‘शिक्षक संघ,संगठनसँग पटकपटकका सरकारले गरेका सम्झौताका बुँदाहरू शिक्षा ऐनको ड्राफ्टमा समावेश नभएर प्रतिनिधिसभामा लैजाने खोजेपछि आन्दोलनमा उत्रिएका हौं,’ महासंघ खप्तड छेडेदह गाउपालिका सचिप प्रेम ओलीले भने, ‘शिक्षकको सेवा सुविधामात्रै नभइ विद्यालयको स्तरोन्नति गर्ने मुद्दा समेत समावेश छैनन् ।’ महासंघले यस अघि जिल्ला, प्रदेश र संघमा विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ । धर्ना कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमबहादुर रावल, नेपाल शिक्षक संघ बाजुराका जिल्ला उपाध्यक्ष रामबहादुर रावल, नेपाल शिक्षक संघ खप्तड छेडेदहका अध्यक्ष लोगबहादुर बुढा, नेपाल कर्मचारी परिषद् खप्तड छेडेदहका अध्यक्ष कर्णबहादुर रावल, नेपाल राष्ट्रिय शिक्षक संगठन खप्तड छेडेदहका सचिव भक्तबहादुर बुढा लगायत शिक्षहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.