पेट्रोल, मट्टीतेल र डिजलको मूल्य बढ्यो

काठमाडौँ : पेट्रोल, मट्टीतेल र डिजलको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।

अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.