Agni Offset Press

कहिले बन्छ गोदावरीधामको विकास ‘गुरुयोजना’ ?

Aarati simant

अत्तरिया : कैलालीको गोदावरीधामको विकासका लागि वृहत गुरुयोजना बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो । गोदावरी नगरपालिका–४ मा पर्ने धाममा निर्माण गरिएको भौतिक संरचनामा साउन २२ गते आएको बाढी पहिरोले तहसनहस पारेपछि यतिवेला अन्योलता भएको छ । बाढीपछि स्थानीय, प्रदेशका जनप्रतिनिधिहरु निरीक्षणमा पुग्दा पनि के गर्ने भन्ने विषयमा कसैले मुख खोलेका छैनन् । प्रदेशको प्रसिद्ध धार्मीकस्थलका रुपमा स्थापित गोदावरी धामलाई स्थानीय सरकारले विशेष चासो लिन आवश्यक देखिएको छ । २०७२ सालमा लागेको कुम्भ मेलापछि गोदावरीमा चहलपहल बढेको हो । गोदावरीको वास्तविक धार्मीक महत्व झल्कीने गरी नदी वारिपारी संरचना निर्माण हुनुपर्दछ । त्यसका लागि नदीमा व्यवस्थित झोलुङगे पुल भए पनि निर्माण गर्नुपर्दछ ।
कुम्भ मेला लागेको ८ बर्ष पुगिसक्दा पनि गोदावरी धाममा एक मात्र समिति निर्माण हुन सकेको छैन् । यो कुरा समग्र गोदावरी नगरपालिकाको विकासको लागि राम्रो सन्देश होइन । स्थानीयहरु गोदावरीधाममा रहेका अलग–अलग समितिलाई एक बनाएर प्रदेशकै धार्मीकस्थल बनाउनुपर्ने जोड दिईरहेका छन् । अत्तरियाका युवा गणेश शाहले बगरमा बनाइएका धार्मीक सङरचनाहरु नितान्त अबैज्ञानिक रहेको बताउन्छन ।
‘नदिबाट कम्तिमा दुई सय मिटर टाढा हुनुपर्ने वा शिवालयमा निर्माण कार्य हुनुपर्नेमा धार्मीक सङरचनाहरु नदिकै बगरमा बनाइएकाले गोदावरीले विपद् आइलागेको हो । गोदावरीको मुल शक्तिपीठलाई वेवास्ता गर्दै बगरमा करोडौं रकम खर्च हुनुले अबैज्ञानिक कामको प्रमाण दिएको छ’ , उनले भने । गोदावरीको मुलशक्तिकेन्द (शिवालय) जो चट्टानमा अवस्थित छ त्यसको संरक्षण र सम्बद्र्धन गर्नुको सट्टा घाटको बगरलाइ सङ्गरचना निर्माणका लागि प्रयोग गरिनु उचित नभएको उनको भनाई रहेको छ ।
कैलालीको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल गोदावरी धाममा विशेष पर्वमा सयौँ व्यत्तिहरु पुजा अर्चना तथा घुम्नकोलागी जाने गर्दछन् । प्राचिन कालमा पाँच पाण्डवहरुले निर्माण गरेको विश्वास गरीने उत्त शिव मन्दिरलाई २०३६ सालमा पुर्ननिर्माण गरीएको थियो । केदारगीरी महाराजको संयोजकत्वमा श्री पन्च दशनाम जुनाअखडा शिव भगवती तीर्थथाम शन्यास आश्रम नामको समिति दर्ता गरी उत्त प्राचिन मन्दिरलाई पुर्ननिर्माण गरीएको थियो ।
त्यसपछी विभिन्न समयमा विभिन्न निकायहरु मार्फत अन्य थुप्रै संरचनाहरु पनि निर्माण गरीएका छन् । मन्दिरमा हाल १२ जना साधु बस्दै आएका छन् । उनीहरुले ३३ ओटा गाई सहित गौशाला सञ्चालन गर्दै आएका छन् । उत्त प्राचिन मन्दिरमा विवाह, ब्रतबन्ध लगायतका धार्मीक कामहरु पनि हुने गरेका छन् । १० रोपनी जमिनको उत्त मन्दिरसंग लालपुर्जा छ भने अहिले आवश्यकताको आधारमा सामुदायिक वनको जमिन भोग चलन गर्दै आएको छ ।
त्यहि प्राचिन मन्दिरलाई देखाँउदै २०७२ सालमा गोदावरी धाम क्षेत्रमा पहिलो पटक कुम्भ मेलाको आयोजना गरीयो । माघ महिनामा चलेको उत्त कुम्भ मेलामा हजारौ भत्तजनहरुले मन्दिरको दर्शन गरे । त्यसैबेलादेखि गोदावरी धाम क्षेत्र पवित्र तीर्थ, धार्मीक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापीत भयो । मुख्य मन्दिर पारीपट्टी डाँडामा अवस्थित छ भने अहिले गोदावरी नदीको किनारमा करोडौँका धार्मीक संरचनाहरु निर्माण गरीएका छन् । ति संरचना गोदावरी धाम विकास समितिको अगुवाईमा निर्माण भएका हुन् ।
तर २०३६ सालमै स्थापीत गोदावरीको प्राचिन मुख्य मन्दिरलाई पछील्लो समय भने वेवास्ता गरीएको त्यहाँका साधुसन्तहरुले गुनासो गरेका छन् । मुख्य मन्दिर क्षेत्रको हेरचाह श्री पन्च दशनाम जुनाअखडा शिव भगवती तीर्थथाम शन्यास आश्रमले गर्दै आएको छ । आश्रमका अध्यक्ष तुल्सी गीरी महाराजले पछिल्लो समय प्राचिन मन्दिर क्षेत्रलाई सबै निकायले वेवास्ता गर्दै आएको गुनासो गरे । सरकारी निकायका विभीन्न व्यत्तिहरु आँउदा पनी बगरका संरचना मात्रै हेरेर फर्किने,मुख्य मन्दिरको वास्ता नगर्ने गरेको उनले बताए । गोदावरी नदीको बगरमा अहिले थुप्रै संरचनाहरु निर्माण भएपनी मुख्य भने डाँडाकै मन्दिरलाई आफुहरुले मान्दै आएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीको भनाई छ ।
एउटै सानो मन्दिरले मात्रै पर्यटन आकर्षीत गर्न नसकिने हुँदा पर्यटन प्रर्वद्धनकालागी मात्रै बगरमा अन्य संरचनाहरु निर्माण गरीएको उनी बताँउछन् । गोदावरीधामलाई प्रर्वद्धन गर्न प्राचिन मन्दिर भएको क्षेत्र सानो र अप्ठ्यारो बाटो भएको हुँदा वारी बगरमा अन्य संरचना आवश्यक परेको उनले बताए ।
‘गोदावरी धाम क्षेत्रमा अहिले करिब अढाइ करोडका संरचना निर्माण गरीएको बताँउदै जोशीले भने कुम्भ मेलाको आयोजना गरेपछी यो क्षेत्रको महिमा थप उजागर भएको छ, बगरक्षेत्र त मेला महोत्सवहरु आयोजना गर्ने,पर्यटकहरुकालागी रमाउने ठाँउमात्रै हो मुख्य,प्राचिन मन्दिर त डाँडामै छ । त्यसलाई जोगाउनु हामी सबैको दाईत्व हो ।’ मुख्य मन्दिरलाई आफुहरुले वेवास्ता नगरेको उनले जिकिर गरे ।

गोदावरी धामका कार्यक्रममा उच्च स्तरीयव्यत्ति आउँदा अप्ठ्यारो बाटो भनी सुरक्षाको कारण देखाँउदै मुख्य मन्दिर क्षेत्रमा जान नमान्ने भन्दै जोशीले तिनै कुराहरुलाई लिएर त्यहाँको समिति आफुहरुसंग क्रोधित बन्ने गरेको बताए । वारीपारी जोड्नकालागी आफुहरुले पुलकोलागी पहल गरीरहेको भएपनी सुनुवाई नभएको उनले बताए । गोदावरी धाम नगरपालिकाको मात्रै नभई प्रदेशकै सम्पत्ति भएको हुँदा कुनै पुर्वाग्रह नराखी काम गरीने उनले बताए ।
गोदावरी धाममा संस्कृत शिक्षा पढाई हुने विद्यालय (गुरुकुल) समेत रहेको छ । गोदावरीमा २०७४ सालमा स्थापना भएको गुरुकुलमा हाल ७ कक्षा सम्म अध्यापन गर्दै आएका छन् । गुरुकुलमा हाल ५ जना शिक्षकले अध्यापन गराइरहेका छन । गुरुकुल संचालनका लागि महर्शी विधि फाउण्डेसनले सहयोग गर्दै आएको छ । यस फाउण्डेसनले नेपालका २५० गुरुकुलमा सहयोग गरेको छ ।
गुरुकुलमा हाल ३० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक उपाध्यायले बताए । गुरुकुलमा हाल नेपाल संस्कृत विश्वविद्यालयले तयार पारेको पाठ्यक्रम अनुसार अध्यापन हुँदै आएको छ । गुरुकुलमा संस्कृत भाषा संगै नेपाली, गणित, कम्प्युटर, संगित बिषयको पनि अध्यापन हुँदै गरेको बताए । उनले पछिल्लो समय गुरुकुलमा अध्यापन गर्न विद्याथीहरुको आकर्षण बढ्दै गएको भएपनि सरकारबाट भने आवश्यक सहयोग नभएको बताए । गोदावरीमा हाल संस्कृत पठनपाठन हुने एक मात्रै विद्यालयका रुपमा रहेको गोदावरी गुरुकुल संस्कृत विद्यापीठको संरक्षणका लागि स्थानीय सरकारले भने ध्यान नदिएको गुनासो गरिदै आएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.